कहिले काहीँ सोच्छु, ब्यर्थै ठूलाे भैछु !!!!

कहिले काहीँ सोच्छु,
ब्यर्थै ठूलाे भैछु !

मन भारी हुँदा,
आमाको पोल्टामा
लुप्पुक्क निदाउ जस्ताे लाग्छ !
लडिबुडी गरि बुवालाई
घुर्काइ   सताएको याद आउँछ !

एक्लो हुँदा,
फेरि साथीसँग मिली
गाउँको बेलौती चोर्न जाँउ जस्ताे लाग्छ !
भोर्ले खोलामा झ्याम्म हाम फाली,
फेरि बल्छी थापुँ जस्ताे लाग्छ !

भोकले आन्द्रा बटारिँदा,
आमाले  झ्वार्इगरी घ्यूमा झानेकाे
दालको बास्ना आउँछ !
ट्वाक्क जिब्रो पड्काई साँधेको गुन्द्रुकसँग
ड्याम्मै भुडिँ फुट्ने गरि, खाउँ जस्ताे लाग्छ !

सोच्दा, सोच्दै ,
कहिले काहीँ
आफैंले पकाको तीउन
डढेको बाँस आउँछ !

सोच्दा, सोच्दै,
कहिले काहीँ,
गलेको ज्यान
झन गलेर आउँछ !

सोच्दा, सोच्दै,
कहिले काहिँ,
आमाको फुन अाउँछ !
यसै यसै आँखा रसाएर अाउँछ !

त्यसैले,
कहिले काहीँ सोच्छु,
ब्यर्थै ठूलाे भैछु !!!!

 

 

Pic source:Internet

received_1667724653309051

5 thoughts on “कहिले काहीँ सोच्छु, ब्यर्थै ठूलाे भैछु !!!!

Leave a comment