भाईटीका…!

  मखमली फुलको मालाले चिँलाउछ भनी तिमी लाउन्न भनी कस्थेउ ढिपी, त्यस्पछी गाउँमा खोजी-खोजि, सयपत्री फुल सगँ गोदावरी साटी, मखमल र गोदावरी मिसाई , फेरि उन्थे माला तिम्रो लागि ! यसपाली चाहिँ टीका सिधा लगाईदिनु है भनी तिमी भन्थेउ, म भने बाङ्गो लगाईदिन्थे जानी जानी । एना हेरि रिसाउँथेउ तिमि फेरि अनि म हाँस्थे खित्का [...]

कहिले काहीँ सोच्छु, ब्यर्थै ठूलाे भैछु !!!!

कहिले काहीँ सोच्छु, ब्यर्थै ठूलाे भैछु ! मन भारी हुँदा, आमाको पोल्टामा लुप्पुक्क निदाउ जस्ताे लाग्छ ! लडिबुडी गरि बुवालाई घुर्काइ   सताएको याद आउँछ ! एक्लो हुँदा, फेरि साथीसँग मिली गाउँको बेलौती चोर्न जाँउ जस्ताे लाग्छ ! भोर्ले खोलामा झ्याम्म हाम फाली, फेरि बल्छी थापुँ जस्ताे लाग्छ ! भोकले आन्द्रा बटारिँदा, आमाले  झ्वार्इगरी घ्यूमा झानेकाे [...]

यसो सोच्छु, बिदेश जाँउ लाँउछ!

बिदेशाँ साथीभाई जब चिल्लो कार चढी फोटा राख्छन, म कलन्किको जामबिच बसमा पहेँलो गुन्द्रुक हुन्छु, यसो सोच्छु, बिदेश जाँउ लाँउछ! साथिभाई जब सुन्दर-सुन्दर समुन्द्रबिच गई फोटा राक्छ्न, म हरेक बर्खा जुत्तो जोगाउँदै जमलमा तैरन्छु, यसो सोच्छु, बिदेश जाँउ लाँउछ! फलानो ढिस्कानाको छोरोछोरिले उ गरे त्यो गरिसके तैँले के गरिस भनी कहिले काँहिआमा सन्किँन्छिन, यसो सोच्छु, [...]

चुलो …

म चुलो सल्काँछु, त्यसैमा उ चुरोट सल्काउँछ ! म भ्याई नभ्याई तिउन बसाल्छु, उ एक टक्क ले चुरोटै तानी रहन्छ ! म तात तातै पस्केर दिन्छु , उ केट केटी सगैँ खानु बस्छ ! म आफ्नो पेट निमोठ्दै , उनिहरुलाई नै हेरी बस्छु! उ आधा खाना त्यसै छाडी उठ्छ , म डराउँदै खाना न मिठो [...]