घरमा ताल्चा लागेको दिन….!!!

सधैं स्कूलबाट हतार हतार घर आउने गर्दथेँ। घरमा पुग्ने बित्तिकै हत्त न पत्त स्कुलको लुगा खाट्मा यसै फालेर , हात मुख पनि नधोई खाजा खानु बस्थेँ र धेरै जसो त खाजा पनि आदि नै छोडेर खेल्न कुदि हाल्थेँ। आमा मेरो यो बानिले गर्दा दिक्दार भई सक्नु भएको थियो र बेला बेलामा कराउनु हुन्थ्यो ,” बाबू तलाईँ कति कराउनु ! स्कुलको लुगा खोलेर थप्प्क ठाउँमा राख्ने गर ! होमवोर्क त गर्ने होइनस क्यारे ! खाजा त सकेर खेल्न जा !”  म चाहिँ सुने नसुने झैँ गरि खेल्न दौडी हाल्थेँ।

त्यो दिन म सदा झैँ भोकले चुर भएर घर फर्किदैँ थिएँ। घर पुगेर हतार हतार  खाजा खाएर खेल्ने सुरले नै घर जाँदै थिएँ तर घर पुग्दा घरमा ताल्चा लगिरहेको थियो।

door

यसो सोचेँ आमा प्राय यो समयमा त कतै पनि जानू हुदैनँ थियो यसो तरकारी हरु किन्न जानु परे पनि  म घर आइसके पछि मात्र जानू हुन्थ्यो। कतै जानू भयो होला आईहाल्नु हुन्छ  नि भनेर ढोका अगाडि बसिरहेँ ।त्यसरी बस्दै गर्दा  आदि घण्टा  भन्दा बढी भ ईसकेको थियो  तर पनि आमा आईपुग्नु भएन।सधैँ म आएको टाढै बाट थाहा पाएर भुक्ने पुन्टे नि त्यो दिन भुकेको थिएन ।सोचेँ सुतिरहेको होला मोरो भनेर। मलाई भोक ज्यादानै लागि रहेको थियो त्यही भएर आमा सगँ भित्र भित्रै रिस उठिरहेको थियो।यसो छिमेकी घरको आन्टिलाई चाबी छाडी दिनु भको छ कि भनेर सोध्न गएँ आन्टिको घर्‍मा पनि चाबी लागाई रहेको रहेछ। यसो सोचेँ सगैँ कतै जानू भयो कि भनेर। यसो  चौरतिर हेर्न गएँ। केटाहरु खाजासाजा खाएरखेल्न आइसकेका रहेछ्न भने सगैँ  चौरको कुनामा   शितल पनि उस्कि साथी हरु सगँ खेलिरहेकी थिईन। हा! के यसै ढोका आगाडी बसिरहनु  एक्छिन खेल्छु भनेर  घरमा ब्याग राखेर  खेल्न गएँ।  हिजो फुटबल खेल्ने क्रममा गोल हान्न लाग्दा चिप्लेर लडेको थिएँ र शितल जोरले हाँसेकी थिईन त्यसपछी म लाजले रातो भएको थिएँ। त्यही भएर नि आज मलाई जित्नै थियो र उस्को अगाडि गोल हान्नै थियो।

खेल शुरु भएर खेल्दै गर्दा मलाई झल्यास्स याद आयो , स्कूलको लुगा मैलो भयो भने आमाले फेरि गाली गर्नु हुन्छ भनेर त्यही भएर  बिचमै खेल छाडी निस्किँए । अब त आमा आईपुग्नु भयो होला बरु लुगा फेरेर फेरि खेल्न आउँछु भनेर घर तिर लागेँ तर घर पुग्दा आमा आइपुग्नु भएकै थिएन। म फेरि ढोका बाहिरै आमालाई कुर्दै बसिँरहेँ। यसरी नै घर आगाडि बस्दा बस्दा साझँको सात बजि सकेको थियो।बाबा पनि घर आईपुग्नु भएको थिएन।

पानी पर्ला जस्तै भईरहेको थियो यसैमा  हाम्रो घर बाट दुई घर परको छिमेकी  आन्टी आईपुग्नु भयो । उहाँले मलाई देख्ने बित्तिकै ,”ए ! तिमि यहाँ पो छौ म तिमिलाई खोज्न आएको थिएँ। तिमी अघि यहाँ नभएर तिमी खेल्ने ठाँउमा खोज्न गएको थिएँ  । जाउँ हिडँ मेरो घर ।” भनेर मलाई उहाँको घर लानु भयो। मैले उहाँलाई सोधेँ ,”हजुर लाई मेरि आमा कता जानू भएको छ थाहा छ?” भनेर सोधेँ।यसको उहाँले केही प्रतिकृया दिनु भएन।

यसैमा हामी उहाँको घर  पुग्यौँ। उहाँको घरमा उहाँको सासू बुढी बज्यैले मलाई देख्ने बित्तिकै कठै! भन्नू भयो ।यस्तो सुनेर  आन्टिले सासू बज्यैलाई आँखा यसो तरेँ झैँ गरेर इशाराले चुपो लाग्नु भन्नू भयो । बजैले मलाई देखेर किन कठै !भनेकी होलिन जस्तो लाग्यो तर मलाई उहाँको कुरामा खासै चासो लागेन। मलाई उहाँले ,”तिमिलाई त भोक लागेको होला है !तिमिलाई के मन पर्छ !”भनेर सोध्नु भयो ।मैले ,”भोक लागेको छैन  बरु आमालाई फोन गर्दिनुस न !”भने।” हुन्छ आमालाई फोन एक्छिनमा गरौँला !”भन्दै भान्छमा छिर्नु भयो। एक्छिनमा मलाई चाउ-चाउ पकाएर लेराईदिनु भयो र खाउ भन्नू भयो। मैले फेरि आन्टिलाई ,” आमालाई भएनी बाबालाई भएनी फोन  लगाईदिनुस न!” भने  तर उहाँले फेरि,” तिमी खाजा खाईसकअनि फोन गरौलाँ “भन्नू भयो ।

मलाई भित्र भित्रै आमा बाबा सबै सगँ औधि रिस उठ्न थालिसकेको थियो ।आमाले धनियाँ, गोल्भेडा, अण्डा  हालेर मीठो बनाएर चाउ चाउ दिँदा त आदि खाएर खेल्न भाग्थेँ म भने आन्टिले पाकाएको चाउचाउ त झन  स्वादनै थिएन  भुक्लुक्क उमालेको मात्रै जस्तो । सायद त्यति खेर सम्म मेरो भोक नि मरिसकेको भएर होला।

म मन नलागी न लागि खादैँ थिएँ ।एक्कासी आन्टिको मोबाईलमा फोन आयो  र मैले उहाँले फोनमा “अँ यहिँ छ बाबू खाजा खादैँ छ  भनेको सुनेँ। मेरो बारेमा कुरा गरेको जस्तो लागेर मैले हत्त न पत्त कस्को फोन आएको हो ? आमाको हो भनेर सोधेँ तर फोन राखी हाल्नु भयो। “तिम्रो बाबाले फोन गर्नु भएको थियो तिम्रो सानिमा एकै क्षणमा  तिमिलाई लिन आउदैँ हुनुहुन्छ ,बरु जाउ माथी मेरो छोरा सगँ खेल्दै गर !”भन्नू भयो। मलाई भने मलाई बाबाले फोन गर्दा नि फोन नदिनु भएको मा रिस उठ्यो।

केही समय पछि सानिमा आईपुग्नु भयो । सानीको मुहार उजाड देखिन्थ्यो भने आँखा हरु राता राता देखिन्थे।बाहिर पानी परिरहेको थियो त्यही भएर भिज्नु भएको रहेछ अलि अलि । मलाई देखेर ,”ए बाबू ! ल हिडँ जाम!” भन्नू भयो। आमा बाबा मलाई लिन न आएर किन सानिमा मलाई यति राती लिन आउनु भयो भनेर सोच्दैँ थिएँ।  आन्टिले मेरो सानिमा लाई केही  सोध्नु भयो। सानिमाले आफ्नो मुन्टो मेरो तिर बङ्याएर ! म तिर हेरेर    आखाँकै इशाराले केही भन्नू भयो जुन मैलै बुझ्नै सकिनँ।

बाहिर हामिलाई ट्याक्सी कुरिरहेको रहेछ। सानिमाले ट्याक्सी ड्राईभरलाई अघि आएकै ठाँउ तिर लानु भन्नू भयो। ट्याक्सी न हाम्रो घर तिरको बाटो जाँदै थियो न त मामाघरको बाटो तिर नै त्यही भएर मैले आश्चर्य चकित हुँदै सानिमा लाई सोधेँ,”सानी हामी कता जान लागेको?आमालाई फोन लगाईदिनु न भने तर सानिले केही भन्नू भएन उल्टै सुक्कँ सुक्कँ गरेर रुन थाल्नु भयो।मलाई अब चाहिँ एक्दमै डर लाग्न थाल्यो आमालाई केही भयो कि भनेर।

सधैँ मलाई घरमा कुरेर बस्ने आमा आज एक्कासी  घरमा हुनुहुन्न थियो। मलाई अकश्मात पल्ला घरे आन्टी घरमा लिन आउनु पनि मलाई आनौठो लागेको थियो।  बुढी बजैले मलाई देखेर कठै ! भन्नू भएको नि झस्स याद आयो।  सानीको अनुहार मलिन र आँखा राता राता देखिनु, आमाको बारे सोध्दा कसैले केही नभन्नु। मलाई मनमा उकुशमुकुश हुन थाल्यो र भित्र भित्र मन पोल्न थाल्यो।

मलाई यसै रुन मन लाग्यो र म रुन थालेँ।  आमालाई फोन लागाई दिनुस म आमासगँ बोल्ने भनेर रोई कराई बाटोमै जिद्दी गर्न थालेँ। म रोई कराई गरेको देखेर सानी ले एक्छिन न बाबू  तिमी नरौउ त ! केही भाको छैन आमालाई। आमा उतै हुनुहुन्छभनी सम्झाउनु भयो।मलाई आमालाई पक्कै केही भएको छ भन्ने लागेर मनमा छटपटी हुन थाल्यो । मैले आमालाई सताएको झल्झली याद आयो। आमाले मेरो कारण सर मिस को कत्ती कुरा सुन्नु पर्थ्यो तर नि मलाई नरिसाई सम्झाउनु हुन्थ्यो । आमालाई भेटेर सरि भन्न मन लाग्यो। यसैमा ट्याक्सी  हस्पिटलको गेट अगाडि  रोकियो। हस्पिटल पुग्ने बित्तिकै मेरो  मुटो चिसो भयो। मैले सानी लाई  आतिँदै सोधेँ ,”सानि, भनन भन! आमालाई केही भको हो ?!!” तर सानिले मलाई केही जवाफ दिईनन।

म, सानि जता जता जानू हुन्थ्यो म त्यतै त्यतै पछि पछि लाग्दै गएँ।केही समय पश्चात्  मैले टाढै बाट बाबालाई भावुक रुपमा बसिहरेको देखेँ। मामाघरको हजु्र आमा रुदाँ रुदाँ थाकेर अचेत अवस्थामा पुग्न लाग्नु भएको जस्तो देखिनु हुन्थ्यो भने माईजुले हजुर आमालाई सम्हाली रहनु भएको थियो। यता उति हेरेँ आमा कहिँ देखिन। यसैमा छिमेकी काकाले ,”उस्लाई केही भनेउ?” भनेर सानीलाई सोध्नु भयो ।सानिले मुन्टो हल्लाएर ,”अहँ!” भन्नू भयो।मेरो मुटु झन तेजले ढुक ढुक गर्न थाल्यो र म बाबा भएँ ठाउँ दौडिएर गएँ र बाबालाई झ्याप्प आङगालो हालेँ।मैले बाबालाई आतिँदै रुदैँ सोधेँ बाबा कस्लाई के भयो? आमा खै?? भनेर। बाबा नि सम्हालिन खोज्दै आँसु लुकाउन खोज्दै हुन्हुन्थ्यो । तिमी रुन बन्द गर अनि भन्छु भन्नू भयो अनि मैले हतार हतार आँसु पुछेँ  तर सुक्कँ सुक्कं आवाज चाहिँ बन्द भएको थिएन। बाबाले मलाई हात समातेर भन्नू भयो,”बाबू, हामी सबै जना यो ससारँमा पाहुना भएर आएका हुन्छौँ । हामी सबैले एक दिन यो ससारँ छाडेर जानू पर्छ !” । बाबाले यी कुरा भनी रहदाँ मलाई झल्यास्स याद आईहाल्यो ।मलाई आमाले  हजुर आमा बित्नु हुदाँ म धेरै नै रोईरहँदा यस्तै कुरा  भन्नु भएको थियो। म झन जोड जोड्ले सुक्कँ सुक्कँ गर्न थालेँ।  मलाई आमालाई पक्कै केही नराम्रो भएको छ भन्ने भयो !आमाले मलाई छाडेर जानू भयो भन्ने कुरा पक्का लाग्यो! म घ्वाँ घ्वाँ रुन थालेँ।

यसैमा बाबाको नाम कसैले  बोलायो। सबैको ध्यान उतै तिर गयो । म पनि कस्ले बोलाको रहेछ भनेर कौतुहुल्ताका साथ आवाज आए ठाउँ तिर  हेरेँ ।बाबा हत्त पत्त  उठेर  नर्स भए ठाउँ जानू भयो।

नर्सले बाबालाई,” केहि चिन्ता लिनु पर्दैन , घाईते खतरा मुत्त हुनुहुन्छ ।एक ह्प्ता जतिमा घर लान सकिन्छ।”भनेर केही औषधिको लिस्ट दिएर नर्स त्याहँ बाट गईन। मैले केही बुझिन । मैले बाबालाई फेरि सोधेँ बाबा के भएको भनेर। बाबाले , ,”चिन्ता नगर बाबू, दिउँसो हाम्रो पुन्टे घर बाट भागेर रोड्मा गएछ, तिम्रो आमा सगँसगैँ दौडिएर जादाँ दुबैलाई गाडिले हानेछ। पुन्टेले हामिलाई छोडेर गयो  । आमालाई हामी चाडैँ घर लगौँला!” भन्नू भयो।

सबै जानाले लामो सास फेरे र सबैको मुहार को रङ बद्लिएको देखिन्थ्यो  मेरो पनि आतँ मा सास आए जस्तो भयो तर मलाई झन रुन  आयो र म  धेरै बेर रोएँ । थाहा छैन म खुसिले रुदैँ थिएँ कि दु :ख ले तर त्यो दिन देखि आमालाई कहिले पनि सताउँदिन भनेर  म रोईरहेँ ………….!!!!!

 

-सुजता

 

Photo source:pixzing.com

7 thoughts on “घरमा ताल्चा लागेको दिन….!!!

Leave a comment