प्रश्नै प्रश्नहरु मनमै राखी,
कति रातहरु छर्लङ्गै भए
अनि फेरि बिहानी पख आँखा हरु बिजाउँछ्न|
अनि अन्योल्तामा सोच्छु,
टुटेका सपनाहरुले घोचेका हुन कि
या अनिदोँलो हो ?
चक्मन्न रातको अँध्यारो बरै !
उज्यालै लाग्छ आफ्नो भबिश्य भन्दा|
त्यो रातको सुन्याता बरै!
मधुर लाग्छ आफ्नो मस्तिष्कको आवाज भन्दा|
खै! के खोज्दै छु?
कता जादैँछु! कता हराँउदै छु ?
यहि प्रश्नहरुले घेरेका छ्न मलाई
म जवाफ खोज्दै छु तर हर दिन प्रश्नहरु बेग्लै हुन्छ्न|
जवाफहरुको त कुरै नगरौँ मेरा प्रश्नहरुले नै मलाई प्रश्न नै गर्छ्न|
र म फेरि अनुत्तरित प्रश्नहरुको थुप्रोमा पुरिन्छु।
म यो प्रश्नै प्रश्नको खेलमा थाकेर गलिसकेँ |
म बिस्तारै बुझ्दै छु,
“न कुनै प्रश्नको एकै जवाफ छ न कुनै जवाफ एकै प्रश्नको छ?”
-सुजता दया गुरुङ
❤
LikeLike