कहिले काहीँ सोच्छु, ब्यर्थै ठूलाे भैछु !!!!

कहिले काहीँ सोच्छु, ब्यर्थै ठूलाे भैछु ! मन भारी हुँदा, आमाको पोल्टामा लुप्पुक्क निदाउ जस्ताे लाग्छ ! लडिबुडी गरि बुवालाई घुर्काइ   सताएको याद आउँछ ! एक्लो हुँदा, फेरि साथीसँग मिली गाउँको बेलौती चोर्न जाँउ जस्ताे लाग्छ ! भोर्ले खोलामा झ्याम्म हाम फाली, फेरि बल्छी थापुँ जस्ताे लाग्छ ! भोकले आन्द्रा बटारिँदा, आमाले  झ्वार्इगरी घ्यूमा झानेकाे [...]

अमिलो माया…!

  ओई! सुन त! अलि यता आइज! कान थाप् त! तल्ला घरे दार्हे बुडोको बारिमा लटरम्म आलुँचा फलेछ!" उ सासले मेरो कानमा भन्ने गर्थ्यो ,अनि म दङ्ग पर्थे! "वाह ! आरुबखडा!" भन्दै।   आरुबखडा भन्ने बित्तिकै मेरो मुख हरर रसाईहाल्थ्यो।उस्ले मलाई सासले कानमा भनिरहँदा मेरो गाला राता र कान ताता हुन्थे।उस्को कुरा सुनेर म मुन्टो [...]