आकाशमा अझैपनी जब जब उडिरहेको हवाईजाहाज देख्छु मलाई उस्को याद आईहाल्छ।उस्को त्यो चिम्से आँखा , उस्को थोते दाँत र त्यो दिन ….,।
म स्कुलबाट आई आमाले दिनु भएको खाजा खाँदै होमवोर्क गर्दै थिएँ ।मेरो कोठाको झ्यालबाट छिस-छिस गर्दै सानो अवाजमा मेरो नामले कसैले बोलाइरहेको आवाज आईरहेको थियो । यसो को रहेछ भनेर उठेर हेर्न जादाँ उ तलबाट मलाई हातको इशाराले बाहिर आउ भनी बोलाईरहेको थियो। मैले नि उसलाई हातकै इशाराले होमवोर्क आज धेरै छ आज खेल्न आउदिनँ भन्दा उस्ले उस्को मुहार निन्याउरो बनायो।
उ फेरि एउटा हात पछाडी लुकाई अर्को हातको इशाराले मलाई “एक्छिन भए नि आउन “भन्दै रिसाउँदै खुट्टा बजार्दै थियो। उस्ले आर्को हातमा पछाडी पट्टि केही लुकाईरहेको जस्तो देखिन्थ्यो ।
मलाई नि काहाँ होमवोर्क गरेर बस्न मन थियो त !तर आमाले, “होमवोर्क नगरी खेल्न जाने होइन है! नत्र भए हेर्लिश मिना काटुर्न” भन्नू भएको थियो । फेरि मिना कार्टुन नि हेर्न मन लाग्छ सोच्दै त्यही भएर म आउँदिन भनेर म फेरि खाजा खादैँ होमवोर्क गर्न थाँले।
तर उस्को निन्यारो मुहार देखेर मलाई कस्तो कस्तो लाग्यो अनि आमाले खाजा सगैँ दिनु भएको मोहि पनि खल्लो लाग्यो ।अनि फेरि झ्याल बाट हेरेँ उ त्यहिँ कालो सानो मुख बनाएर बसिरहेको रहेछ।
एक्छिन त मलाई उस्लाई देखेर हाँसो पनि उठ्यो अनि माया पनि लाग्यो । अनि यसो सोचेँ एक्छिन त हो नि हा…..!भन्ने लाग्यो अनि तल झरेँ। फेरि निस्किँदा आमाले देखिन भने त चुल्ठो समात्नु हुन्छ भन्ने डरले चप्पल पनि हातमा बोकि बिस्तारै घरबाट खुस्क्क निस्किँए।
बाहिर निस्किँदा त उ अघिको ठाउँमा थिएन। यसो यता उति हेरेँ उ मेरो घर नजिकैको पिपलको रुख नीर जाँदै रहेछ अनि मेरो हातको चप्प्ल तल झारी हतार हतार चप्पल लागएर ,”ए ! पवन “भन्दै बोलाउँदै उ भए ठाउँ दौडिँए। मेरो अवाज सुनेर उ फनक्क फर्कियो अनि उस्ले उस्को हातको कागजको हावाईजाहाज लुकाउन खोज्दै थियो तर मैले देखिँ हालेँ। मलाई देखेर उ दङ्ग देखिन्थ्यो अनि उस्ले उस्को आँखा खुसिले ठुल्ठुलो बनाउँदै मलाई उस्ले उस्को हातमा भएको हवाईजाहज देखायो।
अनि हत्त न पत्त सासले हा-हा गर्दै उस्ले त्यो हवाईजाहाज फुत्त हावामा फाल्यो तर हवाईजाहज उड्न नपाई तल झरी हाल्यो। उस्को फुरुङ्ग परेको मुहार फुङ्ग हुन कत्ती नि समय लागेन। फेरि हत्त न पत्त टिपेर उस्ले फेरि उडायो तर फेरि उड्नै नपाई तल झरि हाल्यो। उस्को मुहारको रङ झन् झन् उड्दै गयो। मलाई उस्लाई हेरेर नरमाईलो लाग्यो अनि “एक्छिन यहिँ बस है! म आई हाल्छु “भनेर खुरुर्र दगुडेर घर गई पुरानो कापीको पन्नाहरु खोजेर लिएर आएँ। हामी सगैँ हवाईजाहज बनाउन थालेउँ। उ फेरि फुरुङ्ग देखिन्थ्यो अनि पिपलको बोट्मा गई फेरि हा- हा गर्दै उस्ले, उस्ले बनाएको हवाईजाहाज हावामा फाल्यो।
मलाई फेरि डर लागिरहेको थियो फेरि त्यो हवाईजाहाज तल झर्छ कि भनेर ।नभन्दै झण्डै तल झरी सकेको थियो तर सर्र हावा लाग्यो अनि उस्को हवाईजाहज माथी उड्यो । अनि म पनि मख्ख परेँ अनि उ पनि मख्ख पर्दै,” उ हेर त मैले बनाको हवाईजाहाज उड्यो “भन्दै ठुल ठूलो स्वोरले कराउँदै थियो। उस्ले चिच्यादैँ, “म ठूलो भएसी साँचिकैको हवाईजाहाज चडी बा भए ठाउँ गएर बा लाई घर लेराउँछु भनेको आज सम्म पनि मेरो कानमा गुन्जिन्छ।”
ठूलो भएर बिदेश पलाएन हुनु भएको उस्को बुवालाई घर लेराउँछु भन्ने उ, त्यस्तै हवाईजाहाज चडी गाउँ फर्की आउछुँ भन्थ्यो तर आज पाचँ बर्ष भैसक्यो न उस्को बा घर फर्किनु भयो न उ नै फर्कियो ।
अहिलेनी जब जब भाराभुरी हरु कागजको हवाईजाहज बनाई उडाई खेल्छन मलाई उस्को याद आउँछ। मलाई उस्ले जस्तो कागजको हवाई जाहाज बनाउन न आए नि मलाई कागजको डुङा बनाउन आउथ्योँ । अनि कहिले काहीँ पानी परेको बेला कागजको डुङा बनाई बगाउँछु अनि सोच्छु , काश ! यहि डुङ्गा चढी त्यो सात समुन्द्र तर्न मिल्ने भए…………..।
Amazing
LikeLiked by 1 person
Thank You 😀
LikeLike
Mitho baalapan…
LikeLiked by 1 person
For the first time, I am in so love with Nepali language.
LikeLiked by 1 person
Means a lot 😊
LikeLike