माया ….

हामी भेट भएको केही समयमै धेरै नजिक भएका थियौँ तर नजिक हुदाँहुँदै हामी टाढिने समय पनि नजिकिँदै थियो। एक्दिन उस्ले मलाई हेर्दै "माया" भनेर बोलायो ।मलाई अचम्म लाग्यो र हत्त न पत्त "छ्या! मलाई माया नभन । मलाई माया भनेको कस्तो cheesy लाग्छ" भने। मेरो फेरि एक्दम नराम्रो बानी मनमा जे लाग्यो प्याच्च बोलिहाल्ने तर [...]

प्रश्नहरु….!

प्रश्नै प्रश्नहरु मनमै राखी, कति रातहरु छर्लङ्गै भए अनि फेरि बिहानी पख आँखा हरु बिजाउँछ्न| अनि अन्योल्तामा सोच्छु, टुटेका सपनाहरुले घोचेका हुन कि या अनिदोँलो हो ? चक्मन्न रातको अँध्यारो बरै ! उज्यालै लाग्छ आफ्नो भबिश्य भन्दा| त्यो रातको सुन्याता बरै! मधुर लाग्छ आफ्नो मस्तिष्कको आवाज भन्दा| खै! के खोज्दै छु? कता जादैँछु! कता हराँउदै [...]

घरमा ताल्चा लागेको दिन….!!!

सधैं स्कूलबाट हतार हतार घर आउने गर्दथेँ। घरमा पुग्ने बित्तिकै हत्त न पत्त स्कुलको लुगा खाट्मा यसै फालेर , हात मुख पनि नधोई खाजा खानु बस्थेँ र धेरै जसो त खाजा पनि आदि नै छोडेर खेल्न कुदि हाल्थेँ। आमा मेरो यो बानिले गर्दा दिक्दार भई सक्नु भएको थियो र बेला बेलामा कराउनु हुन्थ्यो ," बाबू [...]

हवाईजाहाज…..

आकाशमा अझैपनी जब जब उडिरहेको हवाईजाहाज देख्छु मलाई उस्को याद आईहाल्छ।उस्को त्यो चिम्से आँखा , उस्को थोते दाँत र त्यो दिन ....,। म स्कुलबाट आई आमाले दिनु भएको खाजा खाँदै होमवोर्क गर्दै थिएँ ।मेरो कोठाको झ्यालबाट छिस-छिस गर्दै सानो अवाजमा मेरो नामले कसैले बोलाइरहेको आवाज आईरहेको थियो । यसो को रहेछ भनेर उठेर हेर्न जादाँ [...]

तिम्रो आँखामा आँखा जुधाई…

  तिम्रो आँखामा आँखा जुधाई, तिम्रो मुस्कान भरिएको मुहार हेर्दै, तिम्रो लागि गित कोरुँ म। ती गितको हरेक शब्दमा, मेरा मनका सारा भावना पोखुँ म। कसरी तिम्रो स्पर्शमा , मेरो जिवनमा वसन्त फुल्छ्न कसरी तिम्रो आगमनमा, मेरो सानो ससाँर आफैँ मुस्कुँराउछ्न.....   तिम्रो हात समाउँदै ,तिम्रो मायामा डुब्दै तिम्रो लागि उहि गित गाउँ म। सुर [...]

अतृप्त….

        कल्पनाहरू मीठा लाग्छ्न्, जब हुन्छौ तिमी मेरो समीप, सामिप्यता यति की तिम्रो सासको न्यानोपनले मेरा आँत रसाँउछ्न्, धड्कन बढाउँछ्न्! उर्लेर आउँछ्न् यसै भावनाका बाढीहरू, मेरा हर प्रयास निरर्थक हुन्छ्न् । मेरा ओठदेखि मेरा हर अङ्गहरू तिम्रै निशानी खोज्छन्, र म नतमस्तक हुन्छु तिम्रो मोहमा पुरै नतमस्तक...     Pic source:Morgen ferre-internet

भाईटीका…!

  मखमली फुलको मालाले चिँलाउछ भनी तिमी लाउन्न भनी कस्थेउ ढिपी, त्यस्पछी गाउँमा खोजी-खोजि, सयपत्री फुल सगँ गोदावरी साटी, मखमल र गोदावरी मिसाई , फेरि उन्थे माला तिम्रो लागि ! यसपाली चाहिँ टीका सिधा लगाईदिनु है भनी तिमी भन्थेउ, म भने बाङ्गो लगाईदिन्थे जानी जानी । एना हेरि रिसाउँथेउ तिमि फेरि अनि म हाँस्थे खित्का [...]

चमेली तेल …..!

आमैले लुकाई राखेको चमेलीको तेल चोरी, फुरुङ्ग हुँदै केश कोरि, ठुल दिदिको लाच्छाले चुल्ठो बाटेर, बाबैको अत्तर छिस्स पारेर, पल्ला घरे कुरौटे काकिको आँखा छली, तिमिलाई भेट्न आउँला म , गोठालो जाने निँहु पारी, तिमी मेरो चुल्ठो फुकाल्नु सुस्तरि मेरा केश सगँ खेल्दै, मेरो चुल्ठो मै अल्झिनु सधैंभरी...!!! ❤ pic source:internet

कहिले काहीँ सोच्छु, ब्यर्थै ठूलाे भैछु !!!!

कहिले काहीँ सोच्छु, ब्यर्थै ठूलाे भैछु ! मन भारी हुँदा, आमाको पोल्टामा लुप्पुक्क निदाउ जस्ताे लाग्छ ! लडिबुडी गरि बुवालाई घुर्काइ   सताएको याद आउँछ ! एक्लो हुँदा, फेरि साथीसँग मिली गाउँको बेलौती चोर्न जाँउ जस्ताे लाग्छ ! भोर्ले खोलामा झ्याम्म हाम फाली, फेरि बल्छी थापुँ जस्ताे लाग्छ ! भोकले आन्द्रा बटारिँदा, आमाले  झ्वार्इगरी घ्यूमा झानेकाे [...]

अमिलो माया…!

  ओई! सुन त! अलि यता आइज! कान थाप् त! तल्ला घरे दार्हे बुडोको बारिमा लटरम्म आलुँचा फलेछ!" उ सासले मेरो कानमा भन्ने गर्थ्यो ,अनि म दङ्ग पर्थे! "वाह ! आरुबखडा!" भन्दै।   आरुबखडा भन्ने बित्तिकै मेरो मुख हरर रसाईहाल्थ्यो।उस्ले मलाई सासले कानमा भनिरहँदा मेरो गाला राता र कान ताता हुन्थे।उस्को कुरा सुनेर म मुन्टो [...]